Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य प्रमुख समाचार संस्कृति

लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना सार्वजनिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना सार्वजनिक

Show us Love

शैक्षिक पर्यटनमा नयाँ सम्भावना

भैरहवा, साउन १० – लुम्बिनी बौद्ध विश्वविद्यालयको दीर्घकालीन पूर्वाधार विस्तारका लागि तयार गरिएको देवदह गुरुयोजना सार्वजनिक गरिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनीमा आयोजित समारोहमा झन्डै ८० अर्ब रुपैयाँको लागतमा बन्ने गुरुयोजना सार्वजनिक गर्नुभएको हो।

गुरुयोजना अन्तर्गत विश्वविद्यालयले शैक्षिक पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय छात्रावास, त्रिपिटक पार्क, र देवदह शिक्षा विकास परियोजनाजस्ता पूर्वाधार निर्माण गर्दै देवदह, लुम्बिनी र बुटवललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

गुरुयोजना कार्यान्वयनमा विश्वविद्यालयको अग्रसरता आवश्यक रहेको जनाउँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “गुरुयोजना बनाउनु मात्रै पुग्दैन, यसको कार्यान्वयनमा निरन्तर प्रयास जरुरी छ।” उहाँले लुम्बिनी र बुद्ध ब्रान्डिङको सदुपयोग गर्दै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। यस्ता दीर्घकालीन योजनाले देवदह क्षेत्रमा सामुदायिक होमस्टे, शैक्षिक भ्रमणसांस्कृतिक पर्यटनको सम्भावना बढाउनेछ।

स्थानीय बासिन्दाहरूका लागि रोजगारी, घरेलु सेवा व्यवसायको प्रवर्द्धन, र आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।लुम्बिनी बौद्ध विश्वविद्यालयले हाल १२ करोड ८३ लाखको लागतमा खडैयामा अन्तर्राष्ट्रिय छात्रावास निर्माण सुरु गरिसकेको छ, जुन २० महिनाभित्र सम्पन्न हुने योजना छ। हाल विश्वविद्यालयमा झन्डै ३ हजार विद्यार्थी, तीमध्ये २ सयजना विदेशी, अध्ययनरत छन्।शैक्षिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संयुक्त विकासबाट लुम्बिनी क्षेत्रको सामुदायिक पर्यटनमा नयाँ युगको सुरुवात हुने आशा गरिएको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *