Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

प्रमुख संस्कृति

थारू बस्तीमा अष्टिम्कीको रौनक

थारू बस्तीमा अष्टिम्कीको रौनक

Show us Love

थारू समुदायका महिलाहरूले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारू महिलाहरूका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। अहिले थारू गाउँहरूमा अष्टिम्कीको रौनक छ।

श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारू समुदायका महिलाहरूले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारू भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । ‘कान्हा’को जन्मदिनलाई थारू महिलाहरूले विशेषरूपमा मनाउने गरेको हुनाले यस दिनलाई थारू समुदाले अष्टिम्की भन्ने गरेको सस्कृतविद थारूको भनाइ छ।

अष्टिम्कीको उत्पत्ति ‘अष्टमीं टीका’ बाट भएको  थारू सस्कृतविद अशोक थारूको भनाइ छ । उहाँको अनुसार श्री कृष्णलाई थारू भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ को अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण  ‘कान्हा’ जन्मेकाले उहाँलाई टिका लगाउनु हो ।

दुई दिनसम्म उल्लासमय बातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारू महिलाहरूले दिनभरी केही नखाई व्रत बस्ने गर्दछन् । अष्टिम्कीमा  ‘कान्हा’ को जीवनी चित्रणमा भित्तेचित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दै आएको घोराही उपमहानगरपालिका १० जलौराकी इन्दिरा चौधरीले बताउनुभयो । उहाँको अनुसार अष्टिम्कीको पहिलो दिन अर्थात व्रत बसेको दिन बिहानै महटावाको घरको बैठक कोठाको उत्तरपट्टी को भागमा लिपपोट गरी चुनले रङ्गाई श्रीकृष्ण भगवानको चित्र विशेष रूपमा बनाइन्छ ।

त्यसैगरी श्री कृष्णको दाँया सूर्य र बाँया भागमा चन्द्रमाको चित्र कोरिन्छ । यसैगरी दोस्रो लाइनमा सात भाइ कौरबको चित्र कोरिन्छ । त्यस्तै तलको भागमा दुलहा दुलही, दुलहीलाई पठाउन जान लागेको  ‘डोली’, दुलहालाई पठाउन जान लागेको ‘डोला’ माछा, गङ्गता, बाघ, हात्ति, मयुर, सर्प, गाई,  लगायत विभिन्न चरा र जनावरको चित्र बनाइन्छ ।

यसरी सबै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् । त्यसपछि विभिन्न किसिमको रङ्गीचङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लेहगाँ र घाँटीभरी थरिथरिको गरगहनाले सजिएर एकै समयमा गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रङ्गीचङ्गी फूल लिएर  महटावाको घरमा गई पूजा गर्ने गरेको चौधरीले बताउनुभयो । 

यसरी गाँउभरिका महिलाहरू महटावा (बरघर) को घरमा जम्मा भइसकेपछि महटावाँकी श्रीमतीबाट अष्टिम्कीको पूजाको सुरुवाट हुनेगरेको चौधरीले जानकारी दिुनभयो । ‘यसरी भित्तामा कोरिएको चित्रको सबैभन्दा माथिको लाइनमा रहेको पाँच चित्रमध्ये बिचमा रहेका श्री कृष्ण (कान्हा) लाई टीका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टीका, कलशको जलद्वारा पूजा गर्ने गरिन्छ, उहाँले भन्नुभयो । 

पूजा गर्दा निकै रमाइलो हुने गर्छ । ठुलाबाट सानो क्रमशः पूजा गर्ने चलन हुन्छ । पूजासँगै सामूहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ’ उहाँको अनुसार पूजापाठ गरिसकेपछि घरमा गई फलफूल र दही खाई पुनः महटावाको घरमा गई रातभरि गीत गाएर जग्राम बस्ने गरिन्छ ।यसरी बिहान भइसकेपछि थारू महिलाहरूले बलिरहेको दियो  ‘दीप पज्वलन’, खोलामा गई बगाउने गर्दछन् । जुन दिनलाई थारू भाषामा फह्रार भन्नेगरेको चौधरीले बताउनुभयो । फह्रारको नुहाईधुवाइ गरी आ–आफ्नो घरमा जान्छन । घरमा आइसकेपछि ५ देखि ७ थरिको तरकारी, अन्य मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारू भाषामा अग्रासन भन्ने गरिन्छ । त्यही अग्रासन विवाहित महिलाहरूले आफ्नो दाजुभाइलाई अग्रासन दिन जाने चलन रहेको चौधरीले बताउनुभयो । अष्टिम्की पर्व दाङ, वाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायका महिलाहरूले उल्लासमय वातावरणमा मनाउँछन् । 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *