२७ असोज २०८३ (मंगलवार)

नगरकोट सामुदायिक होमस्टे र NIC Asia Bank बीच सहमति

•
२१ असार २०८३, बिहिवार
नगरकोट सामुदायिक होमस्टे र NIC Asia Bank बीच सहमति

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटको लागि NIC Asia मोबाइल बैंकिङ एपबाट भुक्तानी अनिवार्य हुनेछ। यस सहकार्यले स्थानीय पर्यटन र अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास गरिएको छ।

भक्तपुरको चाँगुनारायणमा रहेको नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ।