‘ऊनको स्वीटर’ को घर इलाम राँकेमा पर्यटकको रोजाइमा
फिल्म ‘ऊनको स्वीटर’ को लागि निर्माण गरिएको घर अहिले इलामको राँकेमा पर्यटकको लोकप्रिय गन्तव्य बनेको छ। निर्देशक नवीन चौहानले १० रोपनी जमिन किनेरे बनाएको काठ र माटोको घर हेर्न दैनिक सयौं दर्शक पुग्ने गरेका छन्।स्थानीयहरू भन्छन्, घरकै कारण गाउँको पर्यटन र होमस्टे व्यवसाय बढ्दै गएको छ। निर्देशकले घरलाई सिर्जनात्मक कार्यको थलो बनाउने योजना समेत बनाएका छन्।
